बाढीले चीनतर्फ कति भयो क्षति ?

बाढीले चीनतर्फ कति भयो क्षति ?

काठमाडौँ । बुधबार बिहान आएको बाढीका कारण चीनको तिब्बततर्फ ५५८ जना सम्पर्कविहीन भएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल एक्समार्फत सो जानकारी दिएको हो । 

“दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमावर्ती बन्दरगाहमा पहिरो जाँदा बिहीबार बिहान ८ बजेसम्म तीनजनाको मृत्यु भएको, ५५८ जना बेपत्ता रहेको र दुईजना स्थानीयको उद्धार गरिएको स्थानीय अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्,” चिनियाँ दूतावासले भनेको छ ।

बुधबार चीन–नेपाल सीमा क्षेत्रमा प्राकृतिक विपत्तिका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको दूतावासले जनाएको छ । उद्धार टोलीहरू पहिरोग्रस्त सीमा बन्दरगाहसतर्फ गएको दूतावासको भनाइ छ ।

छुटाउनुभयो कि ?