काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला,६९ पुरुष,१० जना बालिका,७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना,धादिङमा ९ महिला,११ पुरुष,एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला,१० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार चितवनमा १५ महिला,१९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ । त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ ।
नवलपरासी पूर्वमा ६ महिला, १५ पुरुष, ४ बालिका,एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ ।