काठमाडौँ। नेपाली बजारमा खाना पकाउने ग्याँसको चरम अभाव भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफूले ग्यास नहुँदा खाना खान नपाएको बताएका छन्।
काठमाडौँमा ग्यास नपाएर सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले आफ्नो यो समस्याप्रति बालेन्द्र शाह नेतृत्वको सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।
साम्पाङले आफ्नो पीडा पोख्दै बालेनलाई व्यङ्ग्यात्मक शैलीमा ग्यास उपलब्ध गराउन वा पदबाट राजीनामा दिन चुनौती दिएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले बजारमा ग्याँसको सहज आपूर्ति गराउन नसक्दा यतिखेर लाखौँ जनता इन्धन अभावका कारण चरम अप्ठ्यारोमा परेका छन्।