काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो 'द भ्वाइस किड्स' को पाँचौँ सिजनको उपाधि सुवासना खड्काले आफ्नो नाममा पारेकी छन्। शनिबार राति भव्य रूपमा सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको तर्फबाट प्रतिस्पर्धा गर्दै उनले सिजन ५ को ट्रफी उचालेकी हुन्।
उपाधिसँगै विजेता सुवासनाले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्।
अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले) मा सुवासनासहित कुल आठ जना बाल-प्रतिभागीहरू उपाधि भिडन्तका लागि मञ्चमा उत्रिएका थिए। जसअन्तर्गत:
-
टिम वाङ्देन शेर्पा: सुवासना खड्का र क्रिएसन रोका
-
टिम अर्जुन सापकोटा: आन्भी विष्ट र आर्मन कार्की
-
टिम मिलन नेवार: प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन
-
टिम सत्यराज आचार्य: कविना राई र सम्राट खनाल
सबै प्रतिस्पर्धीहरूले फिनालेमा उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए, जसमध्ये दर्शकको साथ र निर्णायकको मूल्यांकनका आधारमा सुवासना विजेता घोषित भइन्।