लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने

बुटवल।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

नेपाली कांग्रेसले गत साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानबमोजिम आचार्यले त्यसको तयारी गरेका हुन्।

नेकपा एमाले र नेकपाबीच भएको नयाँ सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ।

८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमत कायम गर्नका लागि ४२ जना सांसदको समर्थन आवश्यक पर्छ। हाल प्रदेश सभामा एमालेका २९ र नेकपाका (सभामुखसहित) १३ जना सांसद रहेका छन्। सभामुखले मताधिकार प्रयोग गर्न नपाउने भएकाले मुख्यमन्त्री आचार्यलाई बहुमत सिद्ध गर्न थप दलहरूको समर्थन जुटाउनुपर्ने बाध्यता रहेको छ।

छुटाउनुभयो कि ?