प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान दुई पक्षबिच करिब ४५ मिनेट छलफल भएको हो।

भेटमा दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा नेपाल-भारतबिचको आपसी हित, द्विपक्षीय सम्बन्धका विविध आयाम तथा सहयोगका क्षेत्रबारे विचार-विमर्श भएको छ।

प्रधानमन्त्री पदबहाली गरेपछि शाहले कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै नभई संयुक्त रूपमा भेट्ने अभ्यास गर्दै आएका थिए। यो भेटघाटसँगै प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञहरूसँग पहिलोपटक छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ताको सुरुआत गरेका हुन्।

यसैबीच, प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री शाहले सिंहदरबारस्थित आफ्नै कार्यालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

दुवै छिमेकी मुलुकका राजदूतहरूसँगको भेटमा द्विपक्षीय हित र सम्बन्ध सुदृढीकरणका विषयमा संवाद हुने जनाइएको छ।

छुटाउनुभयो कि ?