सरकार बनाउने र गिराउने खेलमा लाग्नु नै सबैभन्दा ठूलो गल्ती: प्रचण्ड

सरकार बनाउने र गिराउने खेलमा लाग्नु नै सबैभन्दा ठूलो गल्ती: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार बनाउने र गिराउने खेलमै केन्द्रित हुनु आफूहरूको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेका छन्।

२४ औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आदर्शबाट विचलित हुनुको मुख्य कारण यही नै रहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, “हामी प्रधानमन्त्री र सरकार बनाउने अनि गिराउने कुरामै सफलता देख्ने गरी चल्यौँ, गल्ती त्यहीँ भयो। यसले गर्दा मजदुर, किसान र उत्पीडित समुदायसँगको हाम्रो जीवन्त सम्बन्ध विस्तारै कमजोर बन्यो।”

केन्द्रको यही प्रवृत्तिका कारण प्रदेश र स्थानीय तहका नेताहरूमा पनि मन्त्री र मुख्यमन्त्री बन्ने होडबाजी चलेको उनको भनाइ थियो। नेताहरूको जीवनशैली र आचरणका कारण जनताले कम्युनिस्ट भनेर पत्याउन छाडेको उल्लेख गर्दै उनले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।

छुटाउनुभयो कि ?