भक्तपुर जिल्ला अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

भक्तपुर जिल्ला अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं। भक्तपुर जिल्ला अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। न्यायाधीश नवराज दाहालको इजलासले प्रहरीको म्याद थपको निवेदन अस्वीकार गरेसँगै उनी हिरासतमुक्त भएका हुन्।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले प्रसाईंलाई आइतबार राति नियन्त्रणमा लिएको थियो। अदालतबाट अनुसन्धानका लागि समय नपाएपछि प्रहरीले उनलाई छाडेको हो।

छुटाउनुभयो कि ?