अमेरिकी भिसाका लागि नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकी भिसाका लागि नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

काठमाडौं। अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (B-2) र व्यापारिक (B-1) भिसामा धरौटी राख्नुपर्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।

नयाँ नियमअनुसार अब नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि नियमानुसार १० हजारदेखि २० हजार अमेरिकी डलर (करिब १५ देखि ३० लाख नेपाली रुपैयाँ) सम्म धरौटी रकम जम्मा गर्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको यो व्यवस्थामा ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी तोकिएको थियो।

अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा तोकिएको अवधि सकिनुअघि नै नियमअनुसार स्वदेश फर्किएमा उक्त धरौटी रकम पूर्ण रूपमा फिर्ता हुनेछ।

भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्ने (Overstay) प्रवृत्तिलाई नियन्त्रण गर्न यो नियमलाई स्थायी बनाइएको हो। यो नियम दक्षिण एसियाली मुलुकहरू नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकमा लागू हुनेछ।

छुटाउनुभयो कि ?