सानेपा पुगे रास्वपा सभापति रवि लामिछाने, स्वर्गीय गोपालमान श्रेष्ठप्रति दिए श्रद्धाञ्जली

सानेपा पुगे रास्वपा सभापति रवि लामिछाने, स्वर्गीय गोपालमान श्रेष्ठप्रति दिए श्रद्धाञ्जली

काठमाडौं । रास्वपाका सभापति रवि लामिछान् पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगेका छन् ।

सर्वदलीय बैठक सकेर सभापति लामिछाने कांग्रेस पार्टी कार्यालय पुगेर दिवंगत श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मंगलबार निधन भएका श्रेष्ठको पार्शिव शरीर अहिले श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् ।

श्रद्धाञ्जलीपछि उनको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ । श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो ।

कांग्रेस सभापति गगन थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए ।

छुटाउनुभयो कि ?