स्वर्गीय गोपालमान श्रेष्ठप्रति सानेपा पुगेर नेता-कार्यकर्ताद्वारा अन्तिम श्रद्धाञ्जली

स्वर्गीय गोपालमान श्रेष्ठप्रति सानेपा पुगेर नेता-कार्यकर्ताद्वारा अन्तिम श्रद्धाञ्जली

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको पार्थिव शरीरमा पार्टीका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

मङ्गलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो।

सो क्रममा उनीप्रति सम्मान प्रकट गर्न र पार्थिव शरीरमा माल्यार्पण गर्न सानेपामा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?