काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेको छ। पार्टी सभापति गगनकुमार थापाले आइतबार दुई नयाँ सदस्यलाई उक्त समितिमा चयन गरेका हुन्।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
पार्टीले अन्य राजनीतिक दलहरूसँगको संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउन यो समितिमार्फत आफ्ना गतिविधि अघि बढाउँदै आएको छ।