बिहारका पूर्वमन्त्री तेजप्रताप यादव गिरफ्तार

बिहारका पूर्वमन्त्री तेजप्रताप यादव गिरफ्तार

काठमाडौँ । बिहार सरकारका पूर्वमन्त्री तथा जनशक्ति जनता दलका नेता तेजप्रताप यादवलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार राति पक्राउ परेका उनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न पटनास्थित बेउर जेल पठाइएको छ।

तेजप्रताप यादवले जुलाई २५ मा पटनामा आयोजित 'बिहार बन्द' कार्यक्रममा भाग लिएका थिए। सोही क्रममा उनलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर पछि रिहा गरेको थियो।

तेजप्रतापका वकिल जगन्नाथ सिंहका अनुसार उनीमाथि भारतीय न्याय संहिताको धारा १०९ र सरकारी काममा अवरोध पुर्‍याउनेसम्बन्धी धाराअन्तर्गत मुद्दा चलाइएको छ। यसअघि तेजप्रताप यादवले सामाजिक सञ्जालमार्फत ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेलाई बिहारमा आन्दोलन सुरु गर्न अपिल गरेका थिए।

छुटाउनुभयो कि ?