अन्ततः भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

अन्ततः भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा प्रदर्शन भइरहेको थियो।

नीट परीक्षा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर भारतका विभिन्न राज्यमा शिक्षामन्त्री प्रधानको राजीनामाको माग गर्दै विरोध प्रदर्शन हुँदै आएको थियो।

प्रधानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो राजीनामाको जानकारी सार्वजनिक गरेका छन्।

राजीनामापछि नीट पेपर लिक प्रकरण र शिक्षा प्रणालीमा सुधारको मागलाई लिएर जारी आन्दोलनले नयाँ मोड लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 

छुटाउनुभयो कि ?