रास्वपा सांसद बब्लु गुप्ताद्वारा ट्राफिक नियम उल्लंघन: भिडियो भाइरल भएपछि जरिवाना तिर्न तयार

रास्वपा सांसद बब्लु गुप्ताद्वारा ट्राफिक नियम उल्लंघन: भिडियो भाइरल भएपछि जरिवाना तिर्न तयार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिरहेका बेला सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसदले नै यसरी नियम उल्लंघन गरेपछि सर्वसाधारणले कारबाहीको माग गरेका छन्।

भाइरल भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा भिडियो बनाइरहेको देख्न सकिन्छ।

यसैबीच यस विषयलाई लिए र सांसद गुप्ताले माफी मागेका छन् । उक्त भिडियोप्रति प्रतिक्रिया दिँदै गुप्ताले बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाहरू ताजा भएको र त्यसैको उत्साहमा भिडियो बनाउने क्रममा गल्ती भएको बताएका हुन् ।

‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले भनेका छन् ।

सांसद गुप्ताले आफूबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दै सबैसँग माफी पनि मागेका छन् । ‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,’ उनले भने ।

 

 

छुटाउनुभयो कि ?