मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय, जीवनबहादुर शाही मुख्यमन्त्रीको प्रत्याशी

मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय, जीवनबहादुर शाही मुख्यमन्त्रीको प्रत्याशी

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको छ। बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले अविश्वासको प्रस्तावलाई समर्थन गर्दै त्यसको पक्षमा उभिने औपचारिक निर्णय गरेको हो।

यसअघि गत बिहीबार नेकपा र नेपाली कांग्रेसका गरी १६ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई अघि सारिएको छ।

संघीय राजधानी काठमाडौँमा नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण तथा शक्ति बाँडफाँटका विषयमा उच्चस्तरीय छलफल चलिरहेको भए पनि कर्णाली प्रदेश संसदीय दलले भने केन्द्रीय तहमा हुने वार्ताका आधारमा आफ्नो पूर्ववत् निर्णय बदल्न नसकिने प्रस्ट पारेको छ। प्रदेश संसदीय दलको यो अडानसँगै कर्णाली प्रदेश सरकारको निरन्तरता र नयाँ समीकरण गठनको प्रक्रिया थप पेचिलो बनेको छ।

छुटाउनुभयो कि ?