काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ ।बुधबार भएको पहिलो खेलमा नेपाली महिला टिमले बंगलादेश टिमलाई ३–० ले पराजित गरेको हो ।
त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो ।
नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।खेलअघि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार विश्वकर्माले अफिसियललाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए ।जितसँगै नेपाल नेपाल सेमिफाइनल नजिक पुगेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।