काठमाडौं । संघीय संसद्का सांसदहरुलाई ६० दिनभित्र सम्पति विवरण बुझाउन निर्देशन दिएको छ । उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई आगामी भदौ २९ गतेसम्म बुझाउन भनिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उदफा (१)को प्रयोजनका लागि विवरण बुझाउनुपर्ने उल्लेख छ ।
आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति स्रोत वा निस्सासहितको विवरण खामबन्धि गरेर बुझाउन भनिएको छ ।
