धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।
बजेट पारित गर्न समस्या भएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई ‘कि राजीनामा दिनुस, कि बजेट पारित गर्न सहयोग गर्नु’ भनेका थिए। तर एमालेका मन्त्रीहरू दुवै कुराका लागि तयार नभएपछि शाहले बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहले बजेट पारित गर्ने विषयमा छलफल गर्न बोलाएको बैठकमा सरकारमा रहेर पनि असहयोग गर्न नमिल्ने बताएका थिए। उनले सरकारमा बस्ने हो भने बजेट पारित गर्न सहयोग गर्नुपर्ने र त्यसो गर्न नसक्ने भए पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। तर एमाले मन्त्रीहरूले पद नछाड्ने अडान लिएप बर्खास्तको निर्णय लिएका हुन् ।
मुख्यमन्त्रीले यस्तो भनेपछि असन्तुष्टि जनाउँदै एमालेका मन्त्रीहरू बैठक छाडेर हिँडेका थिए । त्यसपछि शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा सत्ता गठबन्धनभित्र मतभेद थियो ।
एमालेका मन्त्रीहरू बैठकबाट बाहिरिएसँगै मुख्यमन्त्री शाहले उक्त दलबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई बर्खास्त गरिदिएका हुन् ।