गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता

गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन्। गृहमन्त्री गुरुङले आइतबार गृह मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन्।

लामो समयदेखि नागरिकता प्राप्तिमा देखिएको कानुनी तथा व्यावहारिक समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले विशेष पहल गरेको थियो। मन्त्रालयको सोही सक्रियतापछि प्रक्रिया पूरा गरी उनलाई नागरिकता उपलब्ध गराइएको हो।

नागरिकता हस्तान्तरण गर्दै गृहमन्त्री गुरुङले मृतक नेपालीको परिवारलाई परेको अपूरणीय क्षतिप्रति सहानुभूति प्रकट गरे। साथै, उनले संकटको यो घडीमा पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक पर्ने अन्य सहयोग, राहत तथा अन्य प्रक्रियागत कार्यहरूमा पनि पूर्ण रूपमा सहजीकरण गरिने प्रतिबद्धता जनाएका छन्।

छुटाउनुभयो कि ?