देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पुर्जी, एक साताभित्र बयानका लागि उपस्थित हुन निर्देशन

देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पुर्जी, एक साताभित्र बयानका लागि उपस्थित हुन निर्देशन

काठमाडाैं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ। विभागको टोलीले सोमबार बुढानीलकण्ठस्थित देउवा निवासमै पुगेर एक साताभित्र उपस्थित हुन भन्दै पुर्जी टाँस गरेको हो।

जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले बयानका लागि बोलाइएको पत्रमा उल्लेख छ। विभागले यसअघि नै पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि पनि अनुसन्धानका लागि पुर्जी काटिसकेको थियो।

जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का र राहदानी (पासपोर्ट) छपाइ ठेक्कामा भएको अनियमिततामा संलग्न रहेको आरोप छ। सोही विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायमा उजुरी परेपछि विभागले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउँदै बयानका लागि बोलाएको स्रोतले जनाएको छ।

छुटाउनुभयो कि ?