जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
उच्च अदालत जनकपुरले बुधबार उनलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएपछि प्रहरीले उनलाई महोत्तरीको गौशालास्थित आफ्नै निवास (निगौल) बाट पक्राउ गरेको हो।
थमन विक हत्या प्रकरणमा यसअघि महोत्तरी जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएको थियो। सोही मुद्दामा उच्च अदालतका न्यायाधीशले जिल्ला अदालतको फैसला उल्टाउँदै कोइरीलाई पाँच वर्ष कैदको सजाय सुनाएको हो।
अदालतको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।