काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो हालै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको आधिकारिक सूचीमा महत्वपूर्ण संशोधन गरेको छ।
मतपरिणाम घोषणामा प्राविधिक त्रुटि भएको फेला परेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले यसअघि विजयी घोषित भइसकेका दुई जना उम्मेदवारलाई केन्द्रीय समितिबाट हटाउँदै उनीहरूको स्थानमा बढी मत ल्याउने दुई नयाँ अनुहारलाई निर्वाचित घोषणा गरेको हो।
महाधिवेशनमा उम्मेदवारी दिएकी पूजा बास्तोलाले मतपरिणाम सार्वजनिक गर्ने क्रममा गडबडी गरिएको भन्दै निर्वाचन आयोगमा प्रमाणसहित उजुरी दिएपछि यो विषय बाहिर आएको थियो। आफूले बढी मत ल्याउँदा ल्याउँदै पनि कम मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरी आफूलाई पन्छाइएको दाबी बास्तोलाले उजुरीमा गरेकी थिइन्, जसलाई आयोगले छानबिनपछि सदर गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले नतिजा घोषणाका क्रममा गम्भीर प्राविधिक त्रुटि भएको स्वीकार गर्दै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट पूजा बास्तोलालाई आधिकारिक रूपमा विजयी घोषणा गरेको छ। यससँगै सोही क्लस्टरबाट यसअघि भूलवश विजयी घोषित गरिएका सोम शर्मा केन्द्रीय समितिबाट बाहिरिनुभएको छ।
केन्द्रीय सदस्यबाट हटाइएका शर्मा बाग्लुङ क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका बहालवाला संघीय सांसद हुनुहुन्छ। मतपरिणामको विस्तृत अध्ययन र पुनरावलोकन गर्दा बास्तोलाको पक्षमा स्पष्ट मत देखिएकाले आयोगले शर्माको नाम हटाएर बास्तोलालाई केन्द्रीय सदस्यको वैधता दिएको हो।
यसै गरी, महाधिवेशनको जनजाति क्लस्टरतर्फको मत परिणाममा पनि निर्वाचन आयोगले अर्को ठूलो संशोधन गरेको छ। यसअघि सो क्लस्टरबाट कृष्णमान श्रेष्ठ निर्वाचित भएको भनी सार्वजनिक गरिएको विवरणलाई सच्याउँदै आयोगले उनलाई पनि केन्द्रीय सदस्यको सूचीबाट बाहिर राखेको छ।
श्रेष्ठको स्थानमा अब ध्रुवकुमार थापामगरलाई रास्वपाको नयाँ केन्द्रीय सदस्य घोषणा गरिएको छ। उम्मेदवारी दर्ताका क्रममा पेस गरिएका आवश्यक कागजात, प्रमाण र प्राप्त मत परिणामको सुक्ष्म अध्ययन गर्दा श्रेष्ठको भन्दा ध्रुवको मत परिणाम सही र बढी देखिएकाले उनलाई निर्वाचित गर्ने निर्णयमा पुगिएको आयोगले स्पष्ट पारेको छ। महाधिवेशन सकिएलगत्तै देखिएको यो प्रा