बगदादमा बम विष्फोट, ६ जानाको मृत्यु, १७ घाइते

बगदादमा बम विष्फोट, ६ जानाको मृत्यु, १७ घाइते

एजेन्सी : इराको राजधानी बगदादमा मंगलबार तीन बम विष्फोटमा परी कम्तिमा ६ जाना नागरिक मारिए र १७ जना घाइते भएको बताइएको छ । विस्पोटको घटनाबारे नाम नखुलाउने सर्तमा एक अधिकारीले जानकारी दिए ।

बग्दादमा मङ्गलबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको छ । जस मध्य पहिलो एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो । सो ठाउँ बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्दछ ।

अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको प्रहरी अधिकारीले जनाइएका छन् । जहाँ चार जना घाइते भएका थिए ।

तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो । राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप चार जना घाइते भएका थिए ।

विस्फोटन कसले र कुन समूहले गरेको हो त्यो अहिले सम्म खुल्न सकेको छैन । तर त्यस क्षेत्रमा इस्लामिक स्टेट (आईएसआईएस) ले यसअघि धेरै हिंसात्मक घटना गराएको हुनाले आईएसकै संलग्नता हुन सक्ने भनिएको छ ।