रास्वपा महाधिवेशन: ५ वर्ष मन्त्री नबन्ने मनिष झाको घोषणा, गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न रविलाई आग्रह

रास्वपा महाधिवेशन: ५ वर्ष मन्त्री नबन्ने मनिष झाको घोषणा, गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न रविलाई आग्रह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

चितवनमा जारी पार्टीको महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता झाले गुटबन्दीमा लागेकाहरूलाई तत्काल कारबाही गर्न पार्टी सभापति रवि लामिछानेसँग आग्रह गरेका हुन्।

उनले यदि संस्थापन पक्ष एकजुट भएको हो भने आफूले यही माध्यमबाट सभापति लामिछानेलाई गुटबन्दीको प्रयास गर्नेहरूमाथि कडा कदम चाल्न अनुरोध गर्ने स्पष्ट पारे।

सञ्चारकर्मीहरूसँगको संवादका क्रममा नेता झाले आफूलाई कुनै पनि मन्त्री पदको लोभ नभएको कुरा सभापति र उपसभापतिलाई स्पष्ट रूपमा बताइसकेको दाबी समेत गरे।

आफूले नेतृत्वसँग मन्त्रालयगत लोभ नरहेको भन्दै पार्टीको व्यवस्थापकीय संरचना र कमजोर देखिएका पक्षहरूलाई सुधार्नका लागि आफूलाई महामन्त्री बन्ने मौका दिन आग्रह गरेको उनले उल्लेख गरे।

आगामी ५ वर्षसम्म कुनै पनि मन्त्रालयमा आफ्नो दाबी नरहने घोषणा गर्दै झाले यस कार्यकालमा केवल पार्टी सुदृढीकरणमा मात्र केन्द्रित हुने प्रतिवद्धता जनाएका छन्।

छुटाउनुभयो कि ?