रास्वपा केन्द्रीय सदस्यमा श्रममन्त्री राजमी यादव पराजित, अन्य सात मन्त्री भने विजयी

रास्वपा केन्द्रीय सदस्यमा श्रममन्त्री राजमी यादव पराजित, अन्य सात मन्त्री भने विजयी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका युवा, श्रम तथा रोजगारमन्त्री राजमी यादव पराजित भएका छन्।

बिहीबार राति सार्वजनिक गरिएको केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणामअनुसार चुनावमा कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत प्राप्त गर्न सके। उ

नले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका थिए। कुल ६४ जना खुला (राष्ट्रिय) केन्द्रीय सदस्य चयनका लागि भएको यस निर्वाचनमा २१० जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए।

बालेन शाह नेतृत्वको सरकारमा सहभागी १७ मन्त्रीहरूमध्ये श्रममन्त्री यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्य बन्नका लागि आफ्नो मनोनयन दर्ता गराएका थिए।

निर्वाचनको अन्तिम नतिजा आउँदा श्रममन्त्री यादव पराजित भए पनि सरकारमा सहभागी रास्वपाका अन्य सात जना मन्त्रीहरू भने लोकप्रिय मतका साथ केन्द्रीय सदस्य पदमा विजयी हुन सफल भएका छन्।

छुटाउनुभयो कि ?