विराटनगरमा राजनीतिक भेटघाट: कोइराला निवासमा प्रचण्ड, माधव नेपाल र डा. शेखरबीच संवाद

विराटनगरमा राजनीतिक भेटघाट: कोइराला निवासमा प्रचण्ड, माधव नेपाल र डा. शेखरबीच संवाद

काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका प्रतिष्ठित नेता डा. शेखर कोइरालासँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्।

मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमै पुगेर दुई कम्युनिस्ट नेताहरूले डा. कोइरालासँग छलफल गरेका हुन्।

कोइराला सचिवालयका अनुसार शीर्ष नेताहरूबीच मुलुकको विद्यमान राजनीतिक अवस्था र समसामयिक परिस्थितिका विविध आयामहरूमा केन्द्रित रहेर विशेष कुराकानी भएको छ। देशको पछिल्लो राजनीतिक घटनाक्रम र समीकरणका माझ भएको यस भेटघाटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

छुटाउनुभयो कि ?