रास्वपा महाधिवेशन: पदाधिकारीका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
नेपाल डेली
शुक्रबार, १२ असार २०८३, १० : ४६ मा प्रकाशित
चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि पदाधिकारीका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।
निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको सूचीअनुसार खुलातर्फको उपसभापति पदमा डा. स्वर्णिम वाग्लेको मात्र एकल उम्मेदवारी परेको छ भने महिला उपसभापति पदका लागि २ जना मैदानमा उत्रिएका छन्।
महाधिवेशनमा सबैभन्दा बढी चासो र प्रतिस्पर्धा देखिएको महामन्त्री पदका लागि १० जनाले मनोनयन दर्ता गराएका छन्। यसैगरी, पार्टीको सहमहामन्त्री पुरुष (खुला) तर्फ ११ जना र सहमहामन्त्री महिलातर्फ ५ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।