आजको भाग्य चम्किने दिन: हेर्नुहोस् मेषदेखि मीन राशिसम्मको पूर्ण राशिफल

आजको भाग्य चम्किने दिन: हेर्नुहोस् मेषदेखि मीन राशिसम्मको पूर्ण राशिफल

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईंको लागि शुभ रहनेछ। स्वास्थ्यमा क्रमिक सुधारका संकेतहरू देखिनेछन्। व्यापार व्यवसायमा राम्रो फाइदा हुने योग बनेको छ। विशेषगरी शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट सकारात्मक प्रतिफल प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर र मेलमिलापयुक्त रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज तपाईंको राशिमा धनलक्ष्मी योग परेकाले आर्थिक रूपमा विशेष फलदायी दिन छ; प्राप्त सम्पत्तिको सही सदुपयोग गर्नुहोला। स्वास्थ्यमा केही समस्या देखिन सक्ने भएकाले खानपान र जीवनशैलीमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायका लागि स्वदेशमै राम्रो सम्भावना देखिनेछ भने लगानी गरिएका क्षेत्रहरूबाट उचित फाइदा मिल्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

तपाईंका लागि आजको दिन राम्रो छ। बोलीको प्रभाव बढ्ने भएकाले प्रखर संवादकै बलमा बिग्रन लागेका कामहरू बन्नेछन्। राजनीतिक क्षेत्रमा रहेकाहरूका लागि पदोन्नतिको सम्भावना छ। कुनै धार्मिक क्षेत्रको यात्रा तय हुन सक्छ। वैदेशिक क्षेत्रका गतिविधिले आकर्षित गर्नेछ भने व्यापारमा लाभ मिल्नुका साथै पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

तपाईंको लागि आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्र वा समाजमा शत्रु बढ्ने जोखिम भएकाले सतर्क रहनुहोला। नजिकका साथीभाइबाट असहयोग हुन सक्छ। अनावश्यक यात्राका कारण खर्चको मात्रा बढ्नेछ। यद्यपि, पारिवारिक सम्बन्ध सहज रहनेछ र धार्मिक कार्यहरूमा मन जानेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

आज भाग्य स्थानमा शुभ ग्रहको प्रभाव रहेकाले आम्दानीका नयाँ-नयाँ स्रोतहरू फेला पर्नेछन्। दिन अनुकूल छ, तर परिवारभित्रका गोप्य कुराहरू बाहिर नलैजानुहोला। धार्मिक कार्यमा रुचि बढ्नेछ। घरका अग्रज वा अनुभवी व्यक्तिको सल्लाह र मार्गदर्शनमा सुरु गरेका कामहरूमा सफलता मिल्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

आजको दिन फलदायी देखिन्छ। दूरगामी महत्त्वका कामहरू सुरु गर्न आजको दिन उत्तम छ, जसले दीर्घकालमा सफलता दिलाउनेछ। राजनीतिक क्षेत्रमा रहेकाहरूलाई आज विशेष सफलता मिल्न सक्छ। तर, अध्यात्म वा धर्मप्रति केही वितृष्णा भाव आउन सक्छ भने स्वास्थ्य र शिक्षाको क्षेत्रमा थोरै आलस्यता बढ्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

आज तपाईंको कला, गला र क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसर मिल्नेछ, जसबाट समाजमा मानसम्मान प्राप्त हुनेछ। राजनीतिक र धार्मिक गतिविधिमा सफलता मिल्ने योग छ। यद्यपि, शिक्षाको क्षेत्रमा गरिएको लगानी खेर जान सक्ने सम्भावना रहेकाले सचेत भई सोचेर मात्र अघि बढ्नुहोला। पारिवारिक भेटघाटले मन खुसी पार्नेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

तपाईंका लागि दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा कामको अतिरिक्त बोझ थपिन सक्छ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको कठोर मिहिनेतले आज सार्थकता पाउनेछ। आफूले अत्यधिक विश्वास गरेका पात्रहरूबाट धोका हुन सक्ने भएकाले व्यवहार गर्दा सजग रहनुहोला। पारिवारिक सम्बन्ध भने सहज र सामान्य रहनेछ।

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)

आजको दिन उत्साहजनक रहनेछ। नयाँ साथीभाइसँगको भेटघाट र अन्तरक्रियाले मन हल्का र प्रसन्न बनाउनेछ। स्वास्थ्यमा देखिएका पुराना समस्याहरूमा सुधार आउने योग छ। अध्ययन-अध्यापनमा रुचि बढ्नेछ भने पारिवारिक सम्बन्ध थप सुमधुर बन्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

आज तपाईंको लागि निकै शुभ दिन रहेको छ। आज योजना बनाएर सुरु गरेका कामहरूबाट दीर्घकालीन रूपमा ठूलो फाइदा पुग्नेछ। कार्यस्थलमा सोचेअनुरूप सफलता मिल्नेछ। साझेदारी वा पार्टनरसिपमा गरिएको व्यापार व्यवसायबाट राम्रो लाभ प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)

धार्मिक एवं सामाजिक कार्यहरूमा सहभागी हुने अवसर मिल्नेछ। समाजका बौद्धिक र प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट भई ज्ञान गुनका कुरा सिक्ने योग छ। आर्थिक रूपमा आम्दानी बढ्नेछ। दिनलाई अझ सहज र सकारात्मक बनाउन बिहान उठेर शिव भजन सुन्नु उपयुक्त हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

तपाईंको लागि दिन सामान्य छ। भरोसा गरेका साथीभाइबाट समयमा असहयोग हुन सक्ने खतरा छ। सामाजिक वा व्यावसायिक व्यवहार गर्दा आज कम बोल्नु र आफ्नो विचार गोप्य राख्नु नै उचित हुनेछ। सानातिना कुराले पनि मन अशान्त बन्न सक्छ। मानसिक शान्तिका लागि भगवान गणेशको आराधना गर्नु फलदायी हुनेछ, पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।