मेष खर्च बढ्ने दिन छ, त्यसैले धन जोगाउन विशेष ध्यान दिनुहोला । तपाईंको बोलीको प्रभावले रोकिएका राम्रा कामहरू बन्ने छन् । व्यापारमा गरेको लगानीबाट फाइदा हुने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ भने मिहिनेतको उचित फल मिल्नेछ ।
वृष आज मानसम्मान प्राप्त हुने राम्रो दिन छ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । गुम्न लागेको धन अचानक प्राप्त हुनसक्छ । तर, खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउने जोखिम देखिन्छ ।
मिथुन तपाईंका लागि दिन निकै राम्रो छ । नयाँ साथीसँगको भेटले दिन रमाइलो र मन उत्साहित बन्ने छ । व्यापारमा लगानी गरेमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ भने उद्योग व्यवसायबाट पनि नाफा होला ।
कर्कट शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा प्रवेश गर्नु उचित देखिन्छ । राजनीतिक क्षेत्रमा भने विरोधीहरू सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ । संकटको समयमा परिवारको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ ।
सिंह तपाईंका लागि दिन सामान्य रहनेछ । सानो कुराले पनि मनमा चिन्ता थपिन सक्छ । आज उत्तर दिशाको लामो यात्रा नगर्नु नै राम्रो हुनेछ । शनिको प्रभावबाट मुक्त हुनका लागि धार्मिक कार्यमा सहभागी हुनु उचित देखिन्छ ।
कन्या दिन राम्रो छ । परिवारबाट कुनै राम्रो र ठुलो कामको जिम्मेवारी प्राप्त हुनेछ । पैतृक सम्पत्तिबाट ठुलो फाइदा हुने योग छ । राजनीतिक क्षेत्रमा भने अलि सचेत भएर मात्र अगाडि बढ्नुपर्ने समय छ ।
तुला समाजमा मानसम्मान बढ्नेछ । शिक्षाको क्षेत्रमा नयाँ जोस र जाँगर बढ्ने देखिन्छ । साथीभाइको राम्रो साथ मिल्नेछ भने राजनीतिमा पनि प्रगति हुनेछ । स्वास्थ्यको मामलामा भने आज विशेष ख्याल गर्नुपर्ने दिन छ ।
वृश्चिक तपाईंका लागि आज शुभ दिन छ । लगानीको क्षेत्रमा सोचेजस्तै फाइदा हुनेछ । साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन् । राजनीतिक क्षेत्रमा तपाईंबाट फाइदा उठाउने स्वार्थी व्यक्तिहरूसँग सचेत बन्नुपर्ने देखिन्छ । धार्मिक यात्रा रमाइलो बन्नेछ ।
धनु आज मन अशान्त बन्ने जोखिम छ । स्वास्थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा भने विरोधीहरूबाट घेराबन्दी हुन सक्छ । परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुन्छ । शिक्षाको लगानीबाट नाफा हुनेछ तर आजको यात्रामा भने जोखिम देखिन्छ ।
मकर दिन राम्रो रहनेछ । सम्पत्ति खर्च भए पनि समाजमा तपाईंको इज्जत र प्रतिष्ठा बढ्नेछ । पुरानो रोगको सही व्यवस्थापन गर्न नसक्दा दुःख पाउन सक्ने जोखिम रहन्छ । राजनीतिक क्षेत्रमा भने नाम र दाम दुवै आर्जन हुने राम्रो योग छ ।
कुम्भ आफ्नै बोलीका कारण व्यवहार अप्ठेरोमा पर्न सक्ने दिन छ । त्यसैले आज थोरै र सोचेर मात्र बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित देखिन्छ, धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।
मीन तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण कामहरू बन्ने छन्, तर बोलीमा नम्रता हुनु आवश्यक देखिन्छ । कतिपय अवस्थामा साथीभाइले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ । संकटको समयमा परिवारको साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।