सुनचाँदीको बजारमा मन्दी: एकैदिन सुन तोलाको १६ सय रुपैयाँले सस्तियो

सुनचाँदीको बजारमा मन्दी: एकैदिन सुन तोलाको १६ सय रुपैयाँले सस्तियो

काठमाडाैं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो।

यो गिरावटसँगै बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन सोमबार यसको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ रहेको थियो।

सुनसँगै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १४० रुपैयाँले घटेको महासंघले जनाएको छ। मूल्य घटेपछि मंगलबार चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?