रास्वपाको वरिष्ठ नेता पदमा चुनाव नहुने, प्रधानमन्त्री बालेन शाहले निरन्तरता पाउने निश्चित

रास्वपाको वरिष्ठ नेता पदमा चुनाव नहुने, प्रधानमन्त्री बालेन शाहले निरन्तरता पाउने निश्चित

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता पदका लागि निर्वाचन नहुने भएको छ। पार्टीको नयाँ विधानमा वरिष्ठ नेताको विशेष पद सिर्जना गरिएको र वालेन्द्र शाह (बालेन) को समूह पार्टीमा समाहित भएपछि विशेषतः उनकै लागि यो पदको व्यवस्था गरिएको हो।

सोही कारण प्रस्तावित नयाँ विधानमा वरिष्ठ नेता पद सर्वसम्मत रहने र यसमा निर्वाचन नहुने व्यवस्था राखिएको छ, जसलाई जारी महाधिवेशनले औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ।

यसअघि निर्वाचनका बेला बालेनको समूह रास्वपामा समाहित हुँदा पार्टीको विधानमा वरिष्ठ नेताको कुनै प्रावधान थिएन। तर, महाधिवेशनको पूर्वसन्ध्यामा विधान संशोधन प्रस्ताव तयार गर्दै विशेष व्यवस्थाका रूपमा यो नयाँ पद थपिएको हो।

रास्वपाले नयाँ विधानमार्फत वर्तमान प्रधानमन्त्री बालेन शाहलाई नै वरिष्ठ नेतामा निरन्तरता दिने पूर्ण तयारी गरेको छ। यो पदमा आन्तरिक प्रतिस्पर्धा वा निर्वाचन नहुने व्यवस्था गरिएकाले उनले केन्द्रीय सदस्य बन्नका लागि समेत कुनै प्यानल वा पदमा प्रतिस्पर्धा गर्नु पर्ने छैन।

धेरै पढिएको

छुटाउनुभयो कि ?