काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४ हजार २११ प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेका हुन्।
निर्वाचन समितिका अनुसार बागमती प्रदेशबाट ७४४ जना, लुम्बिनीबाट ६३६ जना, सुदूरपश्चिमबाट ५५० जना, गण्डकीबाट ४७७ जना, कोशीबाट ३९३ जना तथा कर्णालीबाट ३४३ जना प्रतिनिधि चयन भएका छन्।
रास्वपाले महाधिवेशनलाई लक्षित गर्दै देशभरबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा गरी प्रारम्भिक नामावली सार्वजनिक गरेको जनाएको छ।
हेर्नुहोस् रास्वपाले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिहरुको नामावली–