रवि र बालेनले गर्दै रास्वपा महाधिवेशनको उद्घाटन, प्रधानमन्त्री शाह परिवारसहित चितवन आइपुगे

रवि र बालेनले गर्दै रास्वपा महाधिवेशनको उद्घाटन, प्रधानमन्त्री शाह परिवारसहित चितवन आइपुगे

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चितवन पुगेका छन्।

उनी केहीबेरअघि मात्रै परिवारसहित भरतपुर विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री शाह आफैँले छोरीलाई काखमा बोकेका तस्बिर र दृश्यहरू देखिएका छन्।

आज अपराह्न भव्य रूपमा सुरु हुने रास्वपाको यस ऐतिहासिक महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ।

उद्घाटन समारोहमा देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले उपस्थित भएर शुभकामना मन्तव्य राख्नेछन्। यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन र शुभकामना दिन चितवनतर्फ प्रस्थान गरिसकेका छन्।

रास्वपाको यस महाधिवेशन र शीर्ष नेताहरूको उपस्थितिलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

छुटाउनुभयो कि ?