प्रदेश प्रमुख नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै, क-कस्को छ चर्चा ?

प्रदेश प्रमुख नियुक्ति गर्न  मन्त्रिपरिषद् बैठक बस्दै,  क-कस्को छ चर्चा ?

काठमाडौं : नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्न सरकारले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः०० बजे बस्ने बैठकमा नयाँ प्रदेश प्रमुख नियुक्तिकाबारे छलफल हुने बुझिएको छ । सरकारले राष्ट्रपतिमार्फत आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।

मन्त्रीपरीषद बैठकअघि नेकपाको सचिवालय बैठकमा नयाँ प्रदेशप्रमुखहरुको नाम टुंगो लगाउने बताइएको छ । महेन्द्रबहादुर पाण्डे, सोमनाथ प्यासी, प्रदीप नेपाल, अमृत बोहरा, केशव बडाल, धर्मनाथ यादव, अमिक शेरचन, शर्मिला त्रिपाठी, गणेशमान गुरुङ, गुरु बराल, तिलक परियार, गोविन्द कलौनी, अशोक श्रेष्ठ लगायतका नाम आएको स्रोतले बताएको छ । तर, नेपाल र शेरचनले भने प्रदेश प्रमुख पद नखाने जानकारी नेतृत्वलाई गराइएको बताइन्छ ।यि मध्येबाटै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी भएको जनाइएको छ ।