काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभाबाट पारित भएको छ। सोमबार कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा राष्ट्रियसभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनको बैठकले उक्त नीति तथा कार्यक्रमलाई सर्वसम्मत रूपमा पारित गरेको हो।

यसअघि जेठ ३१ गते बसेको नगर सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले महानगरपालिकाको नीति तथा कार्यक्रम पेस गरेकी थिइन्। महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजनालाई ध्यानमा राख्दै तयार पारिएको उक्त नीति तथा कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुन नसकेका बहुवर्षीय कार्यक्रमहरूलाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ।

नगर सभामा महानगरका ११ वटा महत्त्वपूर्ण क्षेत्रहरूलाई समेटेर कुल १०१ वटा बुँदामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो, जसलाई नगर सभाका सदस्यहरूले व्यापक छलफलपछि पारित गरेका हुन्।

छुटाउनुभयो कि ?