प्रतिभाको महाकुम्भ: समृद्धिकी आर्याही र सफल बने ७ औँ 'लिटिल मिस एन्जल एण्ड लिटिल मास्टर'

प्रतिभाको महाकुम्भ: समृद्धिकी आर्याही र सफल बने ७ औँ 'लिटिल मिस एन्जल एण्ड लिटिल मास्टर'

काठमाडौं। कलश इभेन्ट्सको आयोजनामा शनिबार साँझ राजधानीमा सम्पन्न भव्य समारोहका बीच ७ औँ ‘लिटिल मिस एन्जल एण्ड लिटिल मास्टर नेपाल २०२६’ को विजेता घोषणा गरिएको छ। प्रतियोगिताको मुख्य उपाधि लिटिल मिसतर्फ समृद्धि स्कुलकी आर्याही श्रेष्ठ र लिटिल मास्टरतर्फ समृद्धि स्कुलकै सफल न्यौपानेले जित्न सफल भएका छन्। मुख्य उपाधिसँगै आर्याहीले ‘मिस इन्टेलिजेन्ट’ र सफलले ‘मास्टर मल्टिमिडिया’ को विधागत उपाधि समेत आफ्नो पोल्टामा पारे।

सौन्दर्य तथा प्रतिभाको यस प्रतिस्पर्धामा ‘लिटिल मिस एन्जल’तर्फ समृद्धि स्कुलकी मिमांसा माकजु श्रेष्ठ फस्ट रनरअप र टाइम्स एलिमेन्टरी स्कुलकी आकृति महर्जन सेकेण्ड रनरअप घोषित भए। त्यसैगरी, ‘लिटिल मास्टर नेपाल’ तर्फ काठमाडौं मोडल स्कुलका निर्वेश श्रेष्ठ फस्ट रनरअप र समृद्धि स्कुलका जिनियस गुरुङ सेकेण्ड रनरअप निर्वाचित भएका छन्।

प्रतियोगितामा बालबालिकाहरूको विशिष्ट क्षमतालाई कदर गर्दै विभिन्न विधागत उपाधिहरू समेत प्रदान गरिएको थियो। जस अन्तर्गत ‘लिटिल मिस एन्जल’ तर्फ ओम एजुकेसनकी प्राप्ति थापा ‘मिस ट्यालेन्ट’, टाइम्स एलिमेन्टरी स्कुलकी आकृति महर्जन ‘मिस पर्सनालिटी’, न्यू जेनिथ इङ्लिस मोडल स्कुलकी एन्जिला तामाङ ‘मिस पिक्चर पर्फेक्ट’, स्मल हेभेन स्कुलकी जरिना श्रेष्ठ ‘मिस मल्टिमिडिया’ र माउन्ट ग्लोरी स्कुलकी डेजी राई ‘मिस एकेडेमिक’ बने।

यस्तै, लिटिल बुद्धाज एकेडेमीकी शकम्बिर बर्देवा ‘मिस लिडरशिप’, सोही एकेडेमीकी बिर्यान्शा श्रेष्ठ ‘मिस फ्रेण्डसिप’, सर्वज्ञ शिव स्कुलकी लिजा शाही ‘मिस डिसिप्लिन’, लिटिल बुद्धाजकै ओशिन डंगोल तथा ह्वाइट फिल्ड स्कुलकी साङ्मो लामा ‘मिस एक्टिभ’ घोषित भए। यसैगरी स्मल हेभेन स्कुलकी रिस्ता श्रेष्ठ ‘मिस चार्मिङ’, समृद्धि स्कुलकी मिमांसा माकजु श्रेष्ठ ‘मिस कल्चर’, लिटिल बुद्धाजकी एस्टर बर्देवा ‘मिस क्रिएटिभ’ र समृद्धि स्कुलकी दिक्ष्या खड्काले ‘मिस पङ्चुअलिटी’ को उपाधि पाए।

अर्कातर्फ ‘लिटिल मास्टर नेपाल’ को विधागत प्रतिस्पर्धातर्फ काठमाडौं मोडल स्कुलका निर्वेश श्रेष्ठ ‘मास्टर ट्यालेन्ट’, सोही स्कुलका सम्यक नापित ‘मास्टर पर्सनालिटी’, राइजिङ स्टारका भुवनेश श्रेष्ठ ‘मास्टर पिक्चर पर्फेक्ट’, विश्व निकेतनका इस्लाग ज्ञवाली ‘मास्टर एकेडेमिक’ र ‘मास्टर इन्टेलिजेन्ट’ दुवै घोषित भए। निलगिरी स्कूलका आर्यन बयालकोटी ‘मास्टर लिडरशिप’, लिटिल बुद्धाज एकेडेमीका साम्वोल थापा ‘मास्टर फ्रेन्डसिप’, आरम्भ संस्कार विद्यालयका अरुष महर्जन ‘मास्टर डिसिप्लिन’, समृद्धि स्कुलका जेनस गुरुङ ‘मास्टर कल्चर’ र न्यू जेनिथ इङ्लिस मोडल स्कुलका सुलभ शाह ‘मास्टर क्रिएटिभ’ विधामा उत्कृष्ट चुनिए।

सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई थप निष्पक्ष र ओजपूर्ण बनाउन फेसन स्टाइलिस्ट दीना गुरुङ, फेसन स्टाइलिस्ट गुराँस लामा, मोटिभेशनल स्पिकर प्रकाश के.सी., चिकित्सक डा. संगीता सिं तथा प्रख्यात गायिका एन्जेला श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए। प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रोहिया महर्जनको फेसन कोरियोग्राफी र सितु महर्जनको डान्स कोरियोग्राफी रहेको थियो भने प्रतिस्पर्धीहरूलाई दिना गुरुङले तयार पारेको ड्रेसमा सजाइएको थियो। कार्यक्रमको आधिकारिक सञ्चालन (होस्ट) उरुषा जोशीले गरेकी थिइन्।

कलश इभेन्ट्सका अध्यक्ष सञ्जय महर्जनले बालबालिकाहरूमा लुकेको सुसुप्त प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता, सृजनशीलता तथा सांस्कृतिक चेतनाको विकास गर्ने पवित्र उद्देश्यले यो मञ्च तयार गरिएको प्रष्ट पारे। यस्तै, इभेन्ट्सकी कार्यकारी निर्देशक वर्षा महर्जनले यस्ता प्रतियोगिताहरूले बालबालिकाहरूलाई केवल प्रतिस्पर्धामा मात्र सीमित नराखी उनीहरूको सकारात्मक व्यक्तित्व विकास र भविष्यका लागि मार्गप्रशस्त गर्ने अवसर प्रदान गरेको जानकारी दिइन्।

छुटाउनुभयो कि ?