छानबिन समितिबाट ‘क्लीन चिट’ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै ३ बजे शपथ

छानबिन समितिबाट ‘क्लीन चिट’ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै ३ बजे शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री शाहको सिफारिसमा उहाँलाई आजै गृह मन्त्रालयको जिम्मेवारी सुम्पन लागिएको हो।

आज दिउँसो ३ बजे आयोजना हुने शपथ ग्रहण कार्यक्रमका लागि प्रधानमन्त्रीको कार्यालयले राष्ट्रपति कार्यालय (शीतल निवास) मा आवश्यक पत्राचार गरिसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

यसअघि सम्पत्ति विवरण तथा स्वार्थको बाझिने विषयलगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनीमाथि लागेका आरोपहरूको निष्पक्ष अध्ययनका लागि सरकारले एक छानबिन समिति गठन गरेको थियो। उक्त छानबिन समितिले गुरुङलाई सम्पूर्ण आरोपहरूबाट सफाइ (क्लीन चिट) दिएपछि उनलाई पुनः गृह मन्त्रालयकै शक्तिशाली जिम्मेवारीमा फर्काउन लागिएको हो।

छुटाउनुभयो कि ?