प्रधानमन्त्री बालेनको अभिव्यक्तिको विरोधमा माइतीघरमा कम्युनिष्ट भातृ संगठनहरूको प्रदर्शन

प्रधानमन्त्री बालेनको अभिव्यक्तिको विरोधमा माइतीघरमा कम्युनिष्ट भातृ संगठनहरूको प्रदर्शन

काठमाडौं। नेपालका विभिन्न कम्युनिष्ट पार्टी आबद्ध भातृ संगठनहरूले प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको हालैको अभिव्यक्तिको कडा विरोध गर्दै राजधानीमा प्रदर्शन गरेका छन्।

प्रधानमन्त्रीको भनाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनीहरूले बिहीबार माइतीघर मण्डलामा एकत्रित भई विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएका सहभागीहरूले प्रधानमन्त्रीको कदम र अभिव्यक्तिले राष्ट्रिय हितमा आँच पुर्‍याएको आरोप लगाएका छन्।

मण्डलामा भएको विरोध कार्यक्रममा प्रदर्शनकारीहरूले ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’, ‘जनतासँग सार्वजनिक माफी माग’ तथा ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ जस्ता कडा राजनीतिक नाराहरू लेखिएका प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?