संसद भवन परिसरमा चिप्लिएर सांसद बसुमाया तामाङ घाइते, अस्पताल भर्ना

संसद भवन परिसरमा चिप्लिएर सांसद बसुमाया तामाङ घाइते, अस्पताल भर्ना

काठमाडौं। संघीय संसद भवन परिसरमा चिप्लिएर लड्दा प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ घाइते भएकी छन्।

सोमबार संसद अधिवेशनमा भाग लिन पुग्ने क्रममा परिसरभित्रै उनी अचानक चिप्लिएकी हुन्।

लडेर उनको खुट्टामा गम्भीर चोट लागेको संसद् सचिवालय स्रोतले जनाएको छ। घटनालगत्तै संसद भवनमै खटिएका स्वास्थ्यकर्मीको टोलीले उनलाई प्रारम्भिक उपचार गरेको थियो।

थप उपचार र विस्तृत परीक्षणका लागि सांसद तामाङलाई तत्कालै एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ।

छुटाउनुभयो कि ?