संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा उहाँले आज आर्थिक वर्ष २०८३-८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन्।

    यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो। 

    चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो। जसमा कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो। यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड बराबरको व्यवस्था गरिएको थियो।

छुटाउनुभयो कि ?