रवि लामिछानेसहित तीन जना विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

रवि लामिछानेसहित तीन जना विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

काठमाडाैं। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशी विरुद्ध लागेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ।

जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबीलाई यथावत राख्दै अन्य मुद्दाको अभियोग दाबी भने कायम नरहने गरी संशोधन गरिदिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा दर्ता गराएको निवेदनका आधारमा लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएका सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैंकसम्बन्धी कसुरअन्तर्गतका अभियोगहरू अब नलाग्ने गरी संशोधन भएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्। यस आदेशसँगै उनीहरूमाथिको मुद्दाको दायरा सहकारी ठगीमा मात्र सीमित हुन पुगेको छ।

छुटाउनुभयो कि ?