काठमाडौँ । गायक कृष्ण बिक र गायिका दिपिका बयम्बु मगरको स्वर रहेको ‘ढल्की ढल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
लोकलयमा आधारिक गीतका भिडियोमार्फत दर्शकको मन जितेका गायक कृष्णले यसपटक छमछम नचाउने शैलीको गीतमा जुना सुन्दास र प्रदीप् लामालाई अभिनय गराएका छन्।
दिनेशचन्द्र थपलियाको शब्द सृजना रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी बोल्ने रमाइलो कथालाई निर्देशक प्रदीप लामाले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । प्रदीपकै कोरियोग्राफी र कन्सेप्टमा तयार भएको गीतको भिडियोमा जुन गज्जबसँग खुल्दा प्रदीपले कमालको नृत्य गरेका छन् ।
कृष्ण थापाको छायांकन र सम्पादन रहेको ढल्की ढल्की गायक कृष्ण बिक अफिसियलबाट बजारमा आएको हो । डेढ दशकभन्दा बढी समयदेखि नेपाली संगीतमा सक्रिय गायककृष्णका ‘आँखा मार्ने’ ‘रातो टिकी’ ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’, ‘यानि माया’, ‘रानी माया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘नीरमाया’सहित २ दर्जन बढी गीत बजारमा आईसकेका छन् । जसमध्ये उनका अधिकांश गीतहरु हिट छन् ।