काठमाडौं। नेकपा एमालेले पार्टीका शीर्ष पदाधिकारीहरूको कार्यविभाजन र वरीयता निर्धारणको नयाँ प्रस्ताव अगाडि बढाएको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकमा नेताहरूको सांगठनिक जिम्मेवारी र मर्यादाक्रम स्पष्ट पार्ने गरी नयाँ वरीयता सूची पेस गरिएको हो।
उपाध्यक्षहरूमा ‘बादल’ पहिलो, विष्णु पौडेल दोस्रो
प्रस्तावित नयाँ वरीयताअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो स्थान (पहिलो उपाध्यक्ष) मा रामबहादुर थापा 'बादल' चयन भएका छन्। थापापछिको उपाध्यक्षहरूको क्रमिक वरीयता यस प्रकार छ:
१. विष्णुप्रसाद पौडेल
२. पृथ्वीसुब्बा गुरुङ
३. गोकर्ण बिष्ट
४. रघुजी पन्त
पार्टीको प्रमुख कार्यकारी पद मानिने महासचिवमा भने शङ्कर पोखरेल यथावत् रहेका छन्।
उपमहासचिव र सचिवहरूको क्रमिक वरीयता
बैठकमा पेस गरिएको प्रस्तावअनुसार तीन जना उपमहासचिवहरूको वरीयतामा लेखराज भट्ट पहिलो, रघुबीर महासेठ दोस्रो र योगेश भट्टराई तेस्रो स्थानमा समेटिएका छन्।
त्यस्तै, नौ जना सचिवहरूको मर्यादाक्रम पनि तोकिएको छ, जसमा छविलाल विश्वकर्मा पहिलो नम्बरमा छन्। सचिवहरूको पूर्ण वरीयता सूची यसप्रकार छ: