‘डि एस ए स्टार २०२६’ को उपाधि सोरिस्मा, रोशिका, आश्रिया, स्वरुप र विद्यार्थलाई

‘डि एस ए स्टार २०२६’ को उपाधि सोरिस्मा, रोशिका, आश्रिया, स्वरुप र विद्यार्थलाई

काठमाडौँ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘डि एस ए स्टार २०२६ (सिजन–१९)’ को ग्राण्ड फिनालेमा विभिन्न विधामा बालबालिकाहरू विजेता घोषित भएका छन् । बालबालिकाहरूको बहुआयामिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित यस प्रतियोगितामा पाँच फरक विधाका विजेता चुनिएका हुन् ।

प्रतियोगिताअन्तर्गत ‘मिनी डान्सिङ स्टार’ तर्फ सोरिस्मा न्यौपानेले शीर्ष उपाधि जितिन् । यसै विधामा दियाना सापकोटा ‘फस्ट रनरअप’, दिरान्सा केसी ‘सेकेण्ड रनरअप’, दिराया केसी ‘थर्ड रनरअप’, नितिशा भण्डारी ‘फोर्थ रनरअप’, सियोना श्रेष्ठ ‘फिफ्थ रनरअप’ र कायरा श्रेष्ठ ‘सिक्स्थ रनरअप’ निर्वाचित भए ।

त्यस्तै, ‘जुनियर डान्सिङ स्टार’ तर्फ रोशिका श्रेष्ठले मुख्य उपाधि आफ्नो पोल्टामा पारिन् । यो विधामा दिर्शना पौडेल ‘फस्ट रनरअप’, सिल्भिया भुषाल ‘सेकेण्ड रनरअप’, बिहानी पौडेल ‘थर्ड रनरअप’, एलिसा थापा ‘फोर्थ रनरअप’, विदुषी पराजुली ‘फिफ्थ रनरअप’, युबिन भण्डारी ‘सिक्स्थ रनरअप’ र आरोही थापा ‘सेभेन्थ रनरअप’ बन्न सफल भए ।

‘प्री–टिन डान्सिङ स्टार’ विधामा आश्रिया श्रेष्ठ विजेता बन्दा साम्तेन डोल्मा लामा ‘फस्ट रनरअप’, दिलाशा दुरा ‘सेकेण्ड रनरअप’, युनिका खत्री ‘थर्ड रनरअप’, प्रदिया थोकर तामाङ ‘फोर्थ रनरअप’, समिका भट्टराई ‘फिफ्थ रनरअप’, आयुषा अधिकारी ‘सिक्स्थ रनरअप’ र प्रिन्सु शेर्पा ‘सेभेन्थ रनरअप’ घोषित भए ।

गायनतर्फको ‘सिङ्गिङ स्टार’ मा स्वरुप आचार्यले शीर्ष उपाधि चुमे भने मिरक लिम्बु ‘फस्ट रनरअप’, प्रनिता श्रेष्ठ ‘सेकेण्ड रनरअप’, युजन भण्डारी ‘थर्ड रनरअप’ र श्रेयस गुरागाई ‘फोर्थ रनरअप’ भए । अभिनय विधाको ‘डीएसए एक्टिङ स्टार’ तर्फ विद्यार्थ भुर्तेल विजेता बने । यस विधामा मेरिसा लामा ‘फस्ट रनरअप’, दीपशिखा खनाल ‘सेकेण्ड रनरअप’, अभियान अखेली ‘थर्ड रनरअप’, अनुसिआ थपलिया ‘फोर्थ रनरअप’, सम्भव पौडेल ‘फिफ्थ रनरअप’ र विधियान सिंह ‘सिक्स्थ रनरअप’ चुनिए ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा साहित्यकार युवराज अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोहमा कला क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी, वरिष्ठ गायिका देविका वन्दनालाई ‘राष्ट्रिय श्रष्टा सम्मान २०८३’ बाट विभूषित गरियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार अशोक धिताल र फिल्म लेखक एवम् निर्देशक गिरिराज घिमिरे रहेका थिए । आयोजकका अनुसार प्रतिस्पर्धामा उत्रिएका कूल १०२ जना बालबालिकालाई गोंगबुस्थित काठमाडौं ग्लोबल स्कुलमा एक महिनासम्म विभिन्न विधामा विशेष प्रशिक्षण दिइएको थियो ।

हर्लिस नेपालको मुख्य प्रायोजन तथा नेपाल वायु सेवा निगम र चोको फन क्रसको सहयोगमा आयोजित कार्यक्रमबारे बोल्दै परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जीआरले विधागत विजेताहरूले म्युजिक भिडियोमा अभिनयको अवसर पाउनुका साथै सन् २०२७ मा जर्जियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने जानकारी दिइन् । त्यस्तै, इभेन्ट हाउसका निर्देशक राज बराइलीले बालबालिकाको सुुसुप्त प्रतिभालाई उजागर गर्दै उनीहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चको ढोका खोल्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

छुटाउनुभयो कि ?