कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन, धनुषाका ढुंगानादेखि गुल्मीका भट्टराईसम्म समेटिए

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन, धनुषाका ढुंगानादेखि गुल्मीका भट्टराईसम्म समेटिए

काठमाडाैं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिलाई पूर्णता दिने क्रममा तीन जना नयाँ सदस्यहरू मनोनयन गरेको छ।

पार्टी सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१०) बमोजिम रिक्त रहेका ती पदहरूमा नयाँ सदस्यहरू नियुक्त गरेका हुन्।

पहिले नै भरत कुमार साहको संयोजकत्वमा गठन भइसकेको केन्द्रीय लेखा समितिमा नयाँ सदस्यहरू थप गरिएका हुन्।

नयाँ मनोनयन हुनेहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्। पार्टीको आन्तरिक आर्थिक पारदर्शिता र लेखा प्रणालीलाई चुस्त बनाउन गठित यस महत्त्वपूर्ण समितिमा सभापति थापाले विधानको व्यवस्था अनुसार यो नयाँ जिम्मेवारी सुम्पिएका हुन्।

धेरै पढिएको

छुटाउनुभयो कि ?