नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठ मनोनीत भएका छन्। पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन्।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। श्रेष्ठ यसअघि शेरबहादुर देउवा पार्टी सभापति रहँदा पनि कोषाध्यक्षकै जिम्मेवारीमा थिए।

पूर्वराज्यमन्त्री समेत रहेका श्रेष्ठ स्थापित व्यवसायी हुन्। उनले लामो समयदेखि विशेष गरी शिक्षा र कृषि क्षेत्रमा लगानी तथा कार्य गर्दै आएका छन्।

२०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएका श्रेष्ठलाई पछिल्लो पटक सम्पन्न विशेष महाधिवेशनपछि केही दिन अघि मात्रै पुनः केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।

छुटाउनुभयो कि ?