काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नभए संसद् बहिष्कार गर्ने श्रम संस्कृति पार्टीले घोषणा गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उक्त पार्टीका प्रतिनिधिले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाएका हुन्।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग राख्दै उनले भने, "आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर हुँदैन।" नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनमा निरन्तर अनुपस्थित रहँदै आएका छन्।
यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेकै समयमा प्रधानमन्त्री शाह बैठकको बीचबाटै बाहिरिएका थिए। त्यसयता उनले सदनलाई सम्बोधन गरेका छैनन्।