प्रधानमन्त्री बालेन्द्र शाह संसद नजाने, अर्थमन्त्री वाग्लेले दिने भए जवाफ

प्रधानमन्त्री बालेन्द्र शाह संसद नजाने, अर्थमन्त्री वाग्लेले दिने भए जवाफ

काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने भएका छन्।

यसअघि संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री आफैँले जवाफ दिने तालिका भए पनि अन्तिम समयमा उनी नजाने निश्चित भएको हो। प्रधानमन्त्रीको अनुपस्थितिमा उनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा उठेका जिज्ञासाहरूको सम्बोधन गर्ने अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

नेपालको संसदीय अभ्यासमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ स्वयं प्रधानमन्त्रीले दिने परम्परा रहिआएको छ। तर, प्रधानमन्त्री नियुक्त भएदेखि बालेन्द्र शाहले अहिलेसम्म संसद्लाई सम्बोधन गरेका छैनन्।

संसदीय इतिहासमा प्रधानमन्त्रीले नै संसद्मा नबोल्ने र नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा अर्का मन्त्रीलाई जवाफ दिन लगाउने यो सम्भवतः पहिलो घटना हो। प्रधानमन्त्रीको यो कदमलाई राजनीतिक र संसदीय वृत्तमा निकै चासोका साथ हेरिएको छ।

छुटाउनुभयो कि ?