सभामुखको सिफारिसमा प्रतिनिधिसभा सचिव राई बर्खास्त

सभामुखको सिफारिसमा प्रतिनिधिसभा सचिव राई बर्खास्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई आफ्नो पदबाट मुक्त भएका छन् । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २०८३ साल वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदबाट हटाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार सभामुख डोल प्रसाद अर्यालले २०८३ वैशाख २८ गते उनलाई पदमुक्त गर्न सिफारिस गरेका थिए ।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई जिम्मेवारीबाट हटाइएको हो ।

यस सम्बन्धी आधिकारिक जानकारी राष्ट्रपति कार्यालयको पत्र harkaraj-rai-scaled.jpg मा उल्लेख गरिएको छ । सभामुख अर्यालको सिफारिसलाई राष्ट्रपतिले सदर गरेसँगै राई संसद् सचिवालयको सचिवको जिम्मेवारीबाट औपचारिक रूपमा बाहिरिएका छन् ।ब